सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने
काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी गरिएको छ ।
मन्त्रिपरिषद्ले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी, कानून महाशाखा र प्रहरी अस्पतालमा समेत दरबन्दी थप गरिएको हो। यससँगै एसएसपीको बढुवा प्रक्रिया पनि खुल्ने भएको छ। अहिले १० एसएसपी पदका लागि १७ एसपी प्रतिस्पर्धामा छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प...
गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।
चाडपर्वमा काठमाडौंमा ३ हजार पाँच सय ६ प्रहरी परिचालन गरिने
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थाप...
जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार
काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...



