शनिबार, २७ भदौ २०८३
नेपाली

सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने

Main News Image

काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्ले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी, कानून महाशाखा र प्रहरी अस्पतालमा समेत दरबन्दी थप गरिएको हो। यससँगै एसएसपीको बढुवा प्रक्रिया पनि खुल्ने भएको छ। अहिले १० एसएसपी पदका लागि १७ एसपी प्रतिस्पर्धामा छन्।

mediabaaji add

सम्बन्धित खबर

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ

काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । 

अदालतमा हाजि...

थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...

राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...

प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प...