सोमबार, २५ साउन २०८३
नेपाली

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

Main News Image

काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ । यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।

लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ ।

विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन् । गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ’मार्फत सार्वजनिक गरिएको छ । गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन् ।

mediabaaji add

सम्बन्धित खबर

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...

‘कार्की साइँला’को ‘लग्यौ परान’ गीतमा जितु र प्रियानाको केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरिङ छ । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीत...

७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...

अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने-'न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु'

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएक...

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...

‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश

काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

...