२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन
काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ । यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।
लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ ।
विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन् । गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ’मार्फत सार्वजनिक गरिएको छ । गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...



