बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै

Main News Image

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आजीवन सत्यको पक्षमा उभिएर अन्याय र राक्षसी प्रवृत्तिको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका श्रीकृष्णले बाल्यकालदेखि नै अनेक लीला देखाएका थिए। उनले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उहाँले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।

आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, भजनकीर्तन र प्रवचन आयोजना गरिनुका साथै श्रद्धालुहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।

पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका साना(ठूला कृष्ण मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।

विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकालिरहेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहे...

त्रिविको ५१ औं दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...

मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु

काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।

यात्राक चौथो दिन...

प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले च...

सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प

बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौँ । सडक विभागले नागढुंगा सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ । हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र प्रयोगमा ल्याइएको छ ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई शुभर...