देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
आजीवन सत्यको पक्षमा उभिएर अन्याय र राक्षसी प्रवृत्तिको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका श्रीकृष्णले बाल्यकालदेखि नै अनेक लीला देखाएका थिए। उनले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उहाँले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, भजनकीर्तन र प्रवचन आयोजना गरिनुका साथै श्रद्धालुहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।
पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका साना(ठूला कृष्ण मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकालिरहेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बन्द भएको २६ वर्षपछि व्युँतिँदै हेटौंडा कपडा उद्योग, सेनाले थाल्यो मेसिन मर्मत र सरसफाइ
काठमाडौँ । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रमुख परिचय बनेको हेटौंडा कपडा उद्योगको आफ्नै ऐतिहासिक पहिचान छ ।उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’ को छवि ताजै छ ।
स्वदेशमै कपडा...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...
कैलालीमा वन कर्मचारीको मनपर्दी : एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए
धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी एक एकल महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो वन कार्यालयका कर्मचारीले भिरबाट खसालिदिएका छन्। डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले ‘वन अतिक्रमण’ हटाउने नाममा गरेको यस अमानवीय व्यवहारले अ...
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ९४.१० रेक्टरस्केलको...
अखिल क्रान्तिकारीको तालाबन्दीले त्रिवि एक सातादेखि ठप्प
काठमाडौँ । शुल्क घटाउने माग राख्दै अखिल क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालयको कामकारबाही एक सातादेखि ठप्प भएको छ । सहमति कार्यान्वयन प्रक्रियामा रहेको भन्दै उपकुलपतिले तालाबन्दी अस्वीकार्...
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्र रमजानको ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिए...



