शनिबार, १४ कात्तिक २०८३
नेपाली

धरहराबाट एक वर्षमा उठ्यो सात करोड ८० लाख

Main News Image

काठमाडौँ । शुल्क लिएर धरहरा अवलोकन गर्न खुला गरेको सोमबार एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष मंसिर ९ गतेदेखि सरकारले दुई सय रुपैयाँ शुल्क लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाएको थियो । यो अवधिमा धरहरा अवलोकन गर्नेहरूबाट सात करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत धरहरा एकाइ सञ्चालन कार्यालयका प्रमुख महेश राईका अनुसार एक वर्षमा चार करोड २० लाख व्यक्तिले धरहरा अवलोकन गरिसकेका छन्।

२०८१ सालमा संविधान दिवसको दिन असोज ३ गते देखि सर्वसाधारणलाई धरहरा खुला गरिएको थियो तर त्यतिबेला सुरुमा निःशुल्क अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो। २०८१ मंसिर ९ गतेदेखि भने सर्वसाधारणलाई दुई सय, विद्यार्थी, जेष्ठ नागरिक अपांग र फरकक्षमता भएका नागरिकलाई एक सय रुपैयाँ लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

२०७८ वैशाख ११ गते हतारहतार तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले शिलान्यास गरेको धरहरा काम सम्पन्न नहुँदै उद्घाटन गरिएको थियो। सहरी विकास तथा भवन निर्माण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख झपटसिंह विश्वकर्माका अनुसार हाल धरहराको काम ८८ प्रतिशतको हाराहारी मात्र सकिएको छ। त्यसैले धरहरा निर्माणको काम अझै पूरा भएको छैन ।

 

mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैय...

प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार नेपाल र...

महँगीले थिचिँदै सर्वसाधारण, मुद्रास्फीति पुग्यो ५.९६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिन...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको म्याद तेस्रो पटक थप

काठमाण्डौँ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार वर्...

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने

७ कार्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग ज...

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।...