साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा...
कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ र...
सेयर बजार २६५० अंकमा झर्यो, कारोबार ३ अर्ब ७७ करोडमा सीमित
काठमाडौँ । शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५० अंकमा पुगेको छ । बजार दिनभर राताम्मे रहँदा कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज ८६ कम्पनीको मूल्य बढ्दा...



