बुधबार, ११ कात्तिक २०८३
नेपाली

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने

Main News Image

काठमाडौँ । ​​​​​साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

mediabaaji add

सम्बन्धित खबर

धानको समर्थन मूल्य : प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ

काठमाडौँ । सरकारले धान लगाउनु अगावै आगामी आर्थिक वर्षको लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने सकारात्मक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै यो मूल्य निर्धारण गरेको हो, जसको...

पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन...

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला  नै अस्थायी यातायात सेवा सुचारु गर्न...

नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

उक्त सेयरधनीले आफ्नो नाममा रहेको शेयर एकमुष्ट बिक्री गर्न चाहेको भन्दै बैंकमा निवेदन दिएका थिए। सो निव...

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । मंगलबार यहाँ आयोजित नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले...