त्रिशूली–३ ‘ए’ बाट जीवितै उद्धार गरिएका साह भन्छन्– सुरुङभित्र ४०–५० जना हुनुपर्छ
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङभित्र अझै मानिसहरू हुनसक्ने बताएका छन् । शुक्रबार बाढी गएको १० दिनमा सुरुङबाट साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको जीवितै आज उद्धार गरिएको थियो ।
उद्धारपछि साहले आफू अपरेटरका रूपमा काम गर्दै आएको र बाढी आउनुअघि दुर्घटना हुँदैछ भनेर अन्य सहकर्मीहरूलाई समेत जानकारी गराउँदा आफू भाग्न नसकेको बताएका छन् । उनले १० दिनसम्म सुरुङभित्र बस्दा महामन्त्र जप गरेर बसेको बताए । उद्धारपछि साहसँगको संक्षिप्त कुराकानी ।
भित्र कति जना जति छन् होला ?
भित्र म सेन्टर रुममा अपरेटर काम गर्थेँ । अरु बेला चार पाँच जना हुन्थे । यतिबेला ४०–४५ जना नै हुनुपर्छ । कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउनु थियो । त्यत्रो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्यो । त्यसक्रममा मैले सबैलाई भने– एक्सिडेन्ट भयो ड्याममा भनेर । अनि सबैलाई भाग्न लगाएँ बाहिर । त्यसो गर्दा मेरो टाइम गयो । लास्टमा म निस्कनै पाइनँ ।
भित्र अझै कति जना जति अड्केको अनुमान छ ?
साथीहरूसँग कुरा गर्दा तीन चार जना मात्रै छेउछाउमा थिए । भित्रतिर पावर हाउस थियो, त्यो पावर हाउसमा पनि मानिसहरू छन् ? हुनसक्छ होला । सबै भाग्न नसकेको हुनुपर्छ । टनेल लामो छ, पानीको फोर्सले भित्र लगिसकेको हुनुपर्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार...
चार निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा सहभागी हुन नपाउने
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा संयुक्त उपक्रम जेभीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम इन्द्रायणी बिल्डर्स एण्ड सप...
आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ११४ कम्पनीको से...
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १३७ कम्पनीको सेयर मूल्य बढ्...
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, यु...
रसुवाको भीषण बाढीप्रति नाडाको दुःख व्यक्त, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ना...



