रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता
दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ। उनीहरूको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए ।
डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो। हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए ।
उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय
काठमाडौँ । सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरि...
विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए
काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक...



