१५० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित, अन्य दलको कति ?
काठमाडौँ । प्रतिनिधि सभाका १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १५ क्षेत्रमा मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार १५० क्षेत्रको नतिजा आउँदा रास्वपा एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये १० क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि रास्वपाको लहर देखिएको छ। पार्टीले यो समाचार तयार गर्दासम्म समानुपातिकतर्फ सर्वाधिक १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरेको छ ।
देशका पुराना ठूला दलहरू भने बिहीबार भएको निर्वाचनमा निकै पछाडि परेका छन् । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १७ स्थानमा चित्त बुझाएको छ । कांग्रेसले समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा एमालेले जम्मा ७ स्थानमा मात्र विजय हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम राखेको छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ रहेको छ ।
चौथो शक्तिको रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ । सो पार्टीले समानुपातिकतर्फ २ लाख ५१ हजार ८६४ मत पाएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीले २ स्थानमा जित दर्ता गराएको छ भने थप १ स्थानमा अग्रता कायम गरेको छ। यस पार्टीले समानुपातिकतर्फ ८१ हजार ८३८ मत बटुलेको छ । त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १र१ स्थानमा जित निकालेका छन् भने समानुपातिकतर्फ १ लाख ३६ हजार ११ मत पाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन सुरक्षामा कडाइ गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन् । सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । निर्वाचनको माहोल उत्साहजनक रहे...
परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न प...
निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय
तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला न...
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।
निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरे...
उपाध्यक्ष पौडेल पक्राउको विरोधमा एमालेले देशव्यापी प्रतिरोध गर्ने
काठमाण्डौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधपूर्ण कदम भन्दै सरकारविरुद्ध कडा रूपमा उत्रिने संकेत दिएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको नवौं बैठकले उक्त घटनाको राजनीतिक र क...



