१५० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित, अन्य दलको कति ?
काठमाडौँ । प्रतिनिधि सभाका १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १५ क्षेत्रमा मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार १५० क्षेत्रको नतिजा आउँदा रास्वपा एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये १० क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि रास्वपाको लहर देखिएको छ। पार्टीले यो समाचार तयार गर्दासम्म समानुपातिकतर्फ सर्वाधिक १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरेको छ ।
देशका पुराना ठूला दलहरू भने बिहीबार भएको निर्वाचनमा निकै पछाडि परेका छन् । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १७ स्थानमा चित्त बुझाएको छ । कांग्रेसले समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा एमालेले जम्मा ७ स्थानमा मात्र विजय हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम राखेको छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ रहेको छ ।
चौथो शक्तिको रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ । सो पार्टीले समानुपातिकतर्फ २ लाख ५१ हजार ८६४ मत पाएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीले २ स्थानमा जित दर्ता गराएको छ भने थप १ स्थानमा अग्रता कायम गरेको छ। यस पार्टीले समानुपातिकतर्फ ८१ हजार ८३८ मत बटुलेको छ । त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १र१ स्थानमा जित निकालेका छन् भने समानुपातिकतर्फ १ लाख ३६ हजार ११ मत पाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन शर्माको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनका लागि दुईवटा विकल्प रहेको बताएका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएका इलामका कांग्रेस कार्यालयहरूको अवलोकनपछि आयोजित कार्यक्रममा उनले...
हङकङबाट बैंकक पुगे देउवा, साउन २८ मा नेपाल फर्किने
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट बैंकक पुगेका छन् भने आउँदो बिहीबार नेपाल फर्किने भएका छन् । उपचारका क्रममा पाँच महिनादेखि विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने तय भएको थियो । तर, उन...
उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारमाथि जाँचबुझ ब...



