पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।
सूचनामा भनिएको छ,ʻनेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या ५ मा बढुवा गर्न मिति २०८२।०७।०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ संशोधनसहितको नियम २७ को उप–नियम ४ अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।ʼ
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
काठमाडौँ । आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
शिवका लागि सम...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...
कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा
बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट...
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्...
रसुवा बाढी प्रभावितका लागि २१ दिने कार्यदल गठन : ‘बिल्ड ब्याक बेटर’ सिद्धान्तमा पुनःस्थापना गरिने
काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम...
सरकार र आन्दोलनकारीबीच हुने सम्झौतालाई अन्तिम रुप दिने तयारी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरुसँग छलफल गरेकी छन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रि...



