बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट
काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०र८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको छ ।
घरजग्गा रजिष्ट्रेशन संख्या र यसबाट आउने राजस्व घटेको २०८२ असारसम्म घरजग्गा रजिष्ट्रेशन संख्या २५ प्रतिशतले घटेर ९८ हजार ६४८ पुगेको प्रतिवेदनमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१ असारसम्म यो सङ्ख्या १ लाख ३१ हजार ४५१ थियो । त्यस अघिको वर्षको सोही अवधिमा पनि घरजग्गा रजिष्ट्रेशन १८.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गा रजिष्ट्रेशनबापत संकलन हुने राजस्वमा पनि २३.६ प्रतिशतले कमी आएको छ । घरजग्गा रजिष्ट्रेशनबापत २०८१ असारमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२ असारसम्ममा यो घटेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँमा आएको छ । यस्तै घर तथा भवनको स्थायी नक्सापास पनि घटेको छ । २०८१ असारबाट २०८२ असारसम्म १.७ प्रतिशतको सामान्य गिरावट देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएको हो ।
आर्थिक वर्ष २०८१ असारमा १ लाख ३१ हजार ७६५ घर तथा भवनका नक्सा पास भएकोमा २०८२ असारसम्म यो संख्या १ लाख ३० हजार १३९ मा झरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवस...
कालिञ्चोक हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले सोमबार यस कम्पनीलाई १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ ह...
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएप...
समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ
काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन। यसको फाइदा उठाउँदै,...
साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु
काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई...
आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी...



