बुधबार, ११ कात्तिक २०८३
नेपाली

बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट

Main News Image

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०र८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको छ । 

घरजग्गा रजिष्ट्रेशन संख्या र यसबाट आउने राजस्व घटेको २०८२ असारसम्म घरजग्गा रजिष्ट्रेशन संख्या २५ प्रतिशतले घटेर ९८ हजार ६४८ पुगेको प्रतिवेदनमा रहेको छ ।  अघिल्लो आर्थिक वर्ष २०८१ असारसम्म यो सङ्ख्या १ लाख ३१ हजार ४५१ थियो । त्यस अघिको  वर्षको सोही अवधिमा पनि घरजग्गा रजिष्ट्रेशन १८.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गा रजिष्ट्रेशनबापत संकलन हुने राजस्वमा पनि २३.६ प्रतिशतले कमी आएको छ । घरजग्गा रजिष्ट्रेशनबापत २०८१ असारमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२ असारसम्ममा यो घटेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँमा आएको छ । यस्तै घर तथा भवनको स्थायी नक्सापास पनि घटेको छ । २०८१ असारबाट २०८२ असारसम्म १.७ प्रतिशतको सामान्य गिरावट देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएको हो ।

आर्थिक वर्ष २०८१ असारमा १ लाख ३१ हजार ७६५ घर तथा भवनका नक्सा पास भएकोमा २०८२  असारसम्म यो संख्या १ लाख ३० हजार १३९ मा झरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

mediabaaji add

सम्बन्धित खबर

यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने

काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक स...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनमा भारी बृद्धि छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ र...