चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, पुराना रेकर्ड तोडिए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो। लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले पछि पारेका हुन् । खरेलले १४ हजार ५६४ मत मात्र पाएकी छिन्।
यसअघि २०७९ को आम निर्वाचनमा लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले मतान्तर अझै बढाएर ४२ हजार ९६२ पुर्याएका थिए । यसपटकको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो जित निकालेका हुन्। निर्वाचन परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
लामिछानेले अघिल्ला निर्वाचनहरूमा क्रमशः ४९ हजार ३०० र ५४ हजार १७६ मत पाएका थिए। यसपटक ५४ हजार ४०२ मत ल्याएर उनले चितवनमा 'ह्याट्रिक' पूरा गरेका छन्। कांग्रेस र एमालेका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि लामिछानेको मत झण्डै चार गुणा बढी देखिएको छ। अहिले चितवनमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्यालीको तयारी गरिरहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ
काठमाडौँ । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ । अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तया...
केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति
काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उन...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...
कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार
काठमाण्डौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ ५ को उम्मेदवार बनाएको छ । हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थ...
स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले बिहीबार आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्व...
विश्वप्रकाश शर्माले फेरि महामन्त्रीमै उम्मेदवारी दिए
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले फेरि पनि महामन्त्री पदकै लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै महामन्त्री पदका लागि र प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अर्का महामन्त्री...



