चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, पुराना रेकर्ड तोडिए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो। लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले पछि पारेका हुन् । खरेलले १४ हजार ५६४ मत मात्र पाएकी छिन्।
यसअघि २०७९ को आम निर्वाचनमा लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले मतान्तर अझै बढाएर ४२ हजार ९६२ पुर्याएका थिए । यसपटकको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो जित निकालेका हुन्। निर्वाचन परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
लामिछानेले अघिल्ला निर्वाचनहरूमा क्रमशः ४९ हजार ३०० र ५४ हजार १७६ मत पाएका थिए। यसपटक ५४ हजार ४०२ मत ल्याएर उनले चितवनमा 'ह्याट्रिक' पूरा गरेका छन्। कांग्रेस र एमालेका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि लामिछानेको मत झण्डै चार गुणा बढी देखिएको छ। अहिले चितवनमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्यालीको तयारी गरिरहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
महाधिवेशन मिति तोक्न माग गर्दै कांग्रेसका २५ केन्द्रीय सदस्यले बुझाए पत्र
काठमाडौँ । । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार उनीहरूले पार्टी मुख्यालय सानेपा पुगेर ध्यानाकर्षण पत्र दर्ता गएका हुन्...
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी...
सांसदको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ : कविन्द्र बुर्लाकोटी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । पार्टीका सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, सांसदको शपथप...
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी अस्थायी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघि...
संसद्का दुवै सदनको बैठक बस्दै : आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू टेबल गरिने
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज मंगलबार छुट्टाछुट्टै समयमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको हो। आज बस्ने दुवै सदनको बैठकमा महत्त्वपूर्ण...
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा...



