रवि र बालेन छलफल : रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन् । उनले आफ्नो निर्वाचने क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने भदौ २३ र २४ गतेको घटनामा घाइते भएका परिवारका सदस्यसँग समेत भेट गरेका छन् । रविले प्रधाानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरे । यति बेला रविले आफ्नो रफ्तार बढाएका छन्। उनले आफ्ना सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गरिरहेका छन् ।
यसैबीच सोमबार राति रविले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लामो भलाकुसारी गरे। रास्वपाका एक जना नेताको घरमा भएको दुई नेताबीचको छलफलका धेरै विषय सार्वजनिक भएका छैनन्। तर उनीहरुबीच सौहार्दपूर्ण र अर्थपूर्ण भेटघाट भएको रास्वपा उपसभापति डिपी अर्याल बताउँछन् ।
स्रोतका अनुसार रवि र बालेनबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको छ। नयाँ शक्तिहरुबीचको सहकार्यबाट मात्रै मुलुकले निकास पाउने निष्कर्ष निकालिएको सो भेटमा दुवै जना आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमत भएका छन्।
‘अहिले एक्ला एक्लै चुनावमा जाँदा त्यसको फाइदा पुराना दलहरुले उठाउने भएकाले निर्वाचनमा नयाँ दलहरुबीच सकेसम्म एकता गर्ने, तत्काल एकता सम्भव नभए गठबन्धन गरेर जाने विषयमा मोटामोटी सहमति भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘सोमबारको भेटले आम जनतामा नयाँ सन्देश प्रवाह गर्ने बाटो तय भएको छ ।’
यसअघि पनि रवि नेतृत्वको रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेनको समूहबीच एकता गर्ने तयारी भएको थियो। तर, त्यो बेला कुलमानले एकीकृत पार्टीको अध्यक्षमा आफूलाई दाबी गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । तर सोमबार रवि र बालेनबीच भएको छलफलपछि यी तीनवटै शक्ति गठबन्धन गरेर चुनावमा जाने विषयमा सकारात्मक भएका छन्। उनीहरुबीच तत्काल एकता गर्ने भन्दा पनि गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको बताइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वच्छ वातावरणदेखि हरित अर्थतन्त्रसम्म : कांग्रेसको चुनावी प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने जनाएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२१...
मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्...
रास्वपाका नवनिर्वाचित नेतृत्वद्वारा शपथ ग्रहण, पार्टीलाई थप संगठित बनाउने संकल्प
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि...



