मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

रवि र बालेन छलफल : रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन् । उनले आफ्नो निर्वाचने क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने भदौ २३ र २४ गतेको घटनामा घाइते भएका परिवारका सदस्यसँग समेत भेट गरेका छन् । रविले प्रधाानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरे । यति बेला रविले आफ्नो रफ्तार बढाएका छन्। उनले आफ्ना सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गरिरहेका छन् ।

यसैबीच सोमबार राति रविले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लामो भलाकुसारी गरे। रास्वपाका एक जना नेताको घरमा भएको दुई नेताबीचको छलफलका धेरै विषय सार्वजनिक भएका छैनन्। तर उनीहरुबीच सौहार्दपूर्ण र अर्थपूर्ण भेटघाट भएको रास्वपा उपसभापति डिपी अर्याल बताउँछन् ।

स्रोतका अनुसार रवि र बालेनबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको छ। नयाँ शक्तिहरुबीचको सहकार्यबाट मात्रै मुलुकले निकास पाउने निष्कर्ष निकालिएको सो भेटमा दुवै जना आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमत भएका छन्।

‘अहिले एक्ला एक्लै चुनावमा जाँदा त्यसको फाइदा पुराना दलहरुले उठाउने भएकाले निर्वाचनमा नयाँ दलहरुबीच सकेसम्म एकता गर्ने, तत्काल एकता सम्भव नभए गठबन्धन गरेर जाने विषयमा मोटामोटी सहमति भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘सोमबारको भेटले आम जनतामा नयाँ सन्देश प्रवाह गर्ने बाटो तय भएको छ ।’

यसअघि पनि रवि नेतृत्वको रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेनको समूहबीच एकता गर्ने तयारी भएको थियो। तर, त्यो बेला कुलमानले एकीकृत पार्टीको अध्यक्षमा आफूलाई दाबी गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । तर सोमबार रवि र बालेनबीच भएको छलफलपछि यी तीनवटै शक्ति गठबन्धन गरेर चुनावमा जाने विषयमा सकारात्मक भएका छन्। उनीहरुबीच तत्काल एकता गर्ने भन्दा पनि गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको बताइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपु...

वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जा...

महेश बस्नेत पुग्ने भएपछि धनगढीमा प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलाली पुग्ने भएसँगै उनको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित उनी विरुद्ध प्रदर्शन गरेका हुन् ।

सभामुख अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन् । यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ ।

बैठकको मुख्य एज...

पिर्के सलामी नलिने गृहमन्त्री गुरूङको घोषणा

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले पिर्के सलामी नलिने घोषणा गरेका छन् । अवलोकन भ्रमणमा रहेका गृहमन्त्री गुरूङले आज नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेर सलामी नलिने बताएका हुन् । ‘गृहमन्त्रीले पिर्के सलामी लिन्नँ भन्नुभएको छ,’ उनको सचिवाल...

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्ष...