आइतबार, ०१ कात्तिक २०८३
नेपाली

काठमाडौंमा तीव्र रूपमा घट्दै तापक्रम, आज कति छ न्यूनतम ?

Main News Image

काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दै गएको र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ ।

बुधबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार गत अक्टोबर १ तारिखमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै क्रमशः १८, १७, १६ र १५ हुँदै १४ डिग्री सेल्सियसमा झरेको हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ। बिहान ८:४५ बजेको वास्तविक मापनमा प्रारम्भिक तथ्यांकभन्दा तापक्रम अझै थोरै घट्न सक्ने सम्भावना रहन्छ।

mediabaaji add

सम्बन्धित खबर

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते

काठमाडौँ । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...

कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका

सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।...

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्ष...

ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

ईँटा लिएर ज...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदे...