बुधबार, ११ कात्तिक २०८३
नेपाली

जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द

Main News Image

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ ।  विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा समग्र शैक्षिक वातावरणको संरक्षणका लागि विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएका छन् ।  

निजी विद्यालयका छाता संस्थाहरूले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् । आइतबार बसेको उनीहरुको छलफल बिना निर्णय टुंगिएको थियो ।  यता सरकारदेखि स्थानीय तहले पनि केही बोलेका छैनन् । शिक्षा मन्त्री महावीर पुनले विभिन्न विषयमा बिहानै सामाजिक सञ्जालमा मत राख्दै आए पनि उपत्यकाभित्रका विद्यालयहरु ठप्प हुँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन् । 

मन्त्री पुनले आइतबार मात्रै नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ’ भनी लेखेका थिए । उनले सामाजिक सञ्जालमै ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो’ भनी लेखेका छन् । 

उनको यो स्टाटसले भने हड्ताल गर्ने जनवर्गीय विद्यार्थी युनियनलाई सघाउ पुर्याएको देखिन्छ । उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आजको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।



mediabaaji add

सम्बन्धित खबर

नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेट...

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर...

आगलागीबाट एक महिनामा आठको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर ति...

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...

नेपाल र भारतबीच विद्युत् आदानप्रदान सम्बन्धी सातबुँदे सहमति

काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ । यही कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न नेपाल र भारतको सहसचिवस्तरीय सं...