जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा समग्र शैक्षिक वातावरणको संरक्षणका लागि विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएका छन् ।
निजी विद्यालयका छाता संस्थाहरूले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् । आइतबार बसेको उनीहरुको छलफल बिना निर्णय टुंगिएको थियो । यता सरकारदेखि स्थानीय तहले पनि केही बोलेका छैनन् । शिक्षा मन्त्री महावीर पुनले विभिन्न विषयमा बिहानै सामाजिक सञ्जालमा मत राख्दै आए पनि उपत्यकाभित्रका विद्यालयहरु ठप्प हुँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन् ।
मन्त्री पुनले आइतबार मात्रै नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ’ भनी लेखेका थिए । उनले सामाजिक सञ्जालमै ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो’ भनी लेखेका छन् ।
उनको यो स्टाटसले भने हड्ताल गर्ने जनवर्गीय विद्यार्थी युनियनलाई सघाउ पुर्याएको देखिन्छ । उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आजको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकार र आन्दोलनकारीबीच हुने सम्झौतालाई अन्तिम रुप दिने तयारी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरुसँग छलफल गरेकी छन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रि...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...
च्याउ किसान संघ काठमाडौँको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत
काठमाडौँ , मंसिर ११। च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ...
फ्लाई दुबईद्वारा पोखराबाट सीधा नियमित व्यावसायिक उडान सुरु
गण्डकी । फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान औपचारिक रूपमा सुरु गरेको छ। उडान तालिका अनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखराम...
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
काठमाण्डौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक...
सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने
काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नभएसम्मको अन्तरिम...



