मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन : नागरिकले महसुस गर्ने गरी काम गर्नू
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री र सचिवहरूलाई १४ बुँदे निर्देशन दिँदै हरेक मन्त्रालयले नागरिकले महसुस गर्ने गरी काम गर्न आग्रह गरेकी छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा उनले मन्त्रालयहरूले ठोस कार्ययोजना तयार गरी तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताइन् ।
उनका अनुसार गत भदौ २३ र २४ गतेका जनआन्दोलनका माग र भावनालाई ध्यानमा राख्दै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा देखिने सुधार सुनिश्चित गर्न सरकारले गम्भीर पहल गर्नुपर्नेछ । प्रधानमन्त्री कार्कीले सरकारी खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको उपयोग नतिजामूलक बनाउन अर्थ मन्त्रालयले जारी गरेको निर्देशन पत्रलाई कडाइका साथ पालना गर्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिइन्।
एक्सप्रेस
सम्बन्धित खबर
एमाले स्थायी कमिटी बैठक सकियो, भोलि पुनः बस्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित दोस्रो दिनको बैठक सकिएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ। जारी बैठकमा पूर्वराष्ट्रपतिसम...
तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष गुरुङले पार्टी निर्माण अभियानमा सहज वातावरण बनोस् भनेर आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
कांग्रेस सभापतिलाई सम्बोधन...
सुर्खेत पुगे रास्वपाका वरिष्ठ नेता बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेका छन् । सुर्खेतमा आयोजना गरेको चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेनसहित केन्द्रीय तथा प्रदेश नेतृत्व सुर...
गोरखा १ मा मतगणनामा ढिलाइ
गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन । उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो ।
शुक...



