आइतबार, १५ कात्तिक २०८३
नेपाली

दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय रहेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय भएकाले सार्वजनिक रूपमा उठेका प्रश्नप्रति ध्यान दिनुपर्ने बताउँदै दलीय गतिविधिमा संलग्न मन्त्रीले राजीनामा दिएर सहयोग गर्न अनुरोध गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न रहेको तथा सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना सार्वजनिक गरिसकेको बताइएको छ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन

काठमाडौँ । जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ । उनले जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेनजी आन्द...

पूर्वराष्ट्रपति भण्डारीद्वारा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानमन्त्री स्व। टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मिना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । भण्डारी पुरानो बानेश्वरस्थित आचार्यको निवास पुगेर स्वास्थ्य अ...

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे...

कांग्रेस महाधिवेशनलाई रवि किरण हमालको शुभकामना : ‘युवाको वर्चस्वसँगै संवैधानिक–अर्थराजनीतिक संकट समाधानको नीति बनोस्’

काठमाडौँ । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित...

बालेन र सुधनलाई ज्ञानेन्द्रले भने– तपाईँहरूलाई सत्ताको सिँढी चढाउन ७६ जना मान्छे मरेका होइनन्

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने ब...

पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने गगन थापाको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अवको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक ग...