आइतबार, १५ कात्तिक २०८३
नेपाली

निर्वाचन आयोगको तयारी तीव्र : जिल्ला अनुसारका नमूना मतपत्रहरू सार्वजनिक

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रका नमूनाहरू सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका जिल्लाहरूलाई समेटेर मतपत्रको ढाँचा बाहिर ल्याएको हो । यसपटक एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी क्षेत्र भएका जिल्लाका लागि फरक-फरक प्रकारका मतपत्रका नमूना तयार पारिएका छन् ।

आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ । धेरै उम्मेदवार भएका क्षेत्रमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र रहनेछ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार भएको काठमाडौँमा मतपत्रको आकार सबैभन्दा ठूलो हुने देखिएको छ ।

आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका वास्तविक मतपत्रका नमूना सार्वजनिक गरिसकेको छ । कर्णालीका सल्यान, डोल्पा, मुगु, जुम्ला जस्ता एक निर्वाचन क्षेत्र भएका जिल्ला र दैलेख, सुर्खेत जस्ता दुई क्षेत्र भएका जिल्लाका नमूना सार्वजनिक भएका छन् । त्यस्तै, सुदूरपश्चिमका बाजुरा, बझाङदेखि पाँच निर्वाचन क्षेत्र भएको कैलालीसम्मका नमूनाहरू आयोगले सार्वजनिक गरेको हो ।


mediabaaji add

सम्बन्धित खबर

शिक्षामन्त्री महावीर पुनको स्पष्टोक्ति-कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिलाई उच्च पदमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन(जी बिष्फोट भएको बताएका छन् । आइतब...

संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भए...

आगामी मङ्सिरमा नेकपाले एकता महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी मङ्सिरमा आफ्नो एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गत...

कुलमानविरुद्ध हितेन्द्रको रिटमा सुनुवाई आज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले सोमबार आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सर्वोच्च अदाल...

दिउँसो १ बजेसम्म खस्यो ४४ लाख ५५ हजार मत

काठमाडौँ । देशभर जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा दिउँसो १ बजेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यो देशभरको कुल मतदाता संख्याको कर...

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित...