आइतबार, १५ कात्तिक २०८३
नेपाली

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

Main News Image

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ ।

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । साथै, एनपीएलमा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने क्यानले जनाएको छ । क्यानले १५ करोड ३० लाख प्रायोजकबाट नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ । ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र ल...

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...

आयो साफ यू–२० च्याम्पियनशिपको खेल तालिका, नेपाल समूह ‘ए’ मा

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ साफले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभ...

सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७...

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा

काठमाडौँ । खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् । राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसके...