काठमाडौँ ढाका नियमित उडान गर्ने तयारी
काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बंगलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन।
सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बंगलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ। राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।
त्यसैगरी निगमले काठमाडौं दिल्ली काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ। हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौं दिल्ली काठमाडौं साताको १० उडान भइरहेको छ । कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...
किवी बिक्री नभएपछि जुस उत्पादन
बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँक...
आज विदेशी मुद्राको विनिमयदर कति ? हेर्नुहोस्
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकक...
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



