उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली
काठमाडौँ । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् । मंगलबार हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी, केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै प्यानल तयार पारेका छन् ।
ओली समूहको उपाध्यक्षमा ज्ञवालीको नाम सार्वजनिक भएको छ। तर स्रोतका अनुसार उनले उपाध्यक्ष बन्न इच्छुक छैनन् । ज्ञवालीले यसअघि अध्यक्ष ओलीसँग पनि महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए। उनले ओलीलाई भनेका थिए, ‘महासचिवभन्दा माथि पनि लड्दिनँ, तल पनि लड्दिनँ।’
हाल ज्ञवाली महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखिएपछि असन्तुष्ट देखिएपछि घरमै आराम गरिरहेको स्रोतले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
काठमाण्डौँ । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको स...
दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय रहेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय भएकाले...
सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले...
रवि लामिछानेको मुद्दा सुनुवाइ गर्दा न्यायाधीशविरुद्ध उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध उजुरी परेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी गरिएको हो । हिजो पोखरेलले राष्ट्रिय स्वतन्त्र पा...
बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास
विराटनगर । एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला द...
सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् । नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुश...



