सोमबार, १९ असोज २०८३
नेपाली

ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता

Main News Image

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता डा। प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय जेन(जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र गृहमन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन् ।

आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो ।

जाँचबुझ आयोगको उक्त निर्णय सम्मानपूर्वक बाँच्न पाउने अधिकार विरुद्ध रहेकोले गैरकानुनी भएको दाबी गर्दै सिलवालले उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन परमादेश माग गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको विज्ञप्तिमा वन क्षेत्रका कर्मचारी, प्राविधिक तथा संरचनागत व्यवस्थापनमा देखिएका कमजोरी...

पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री

काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...

सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

घरजग्गा कारोबारबाट माघमा उठ्यो पाँच अर्ब राजस्व

काठमाण्डौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...