मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ
काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार केआईसिंह राजमार्गमा धनगढीबाट दिपायलतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्ने क्रममा बलायरलाई ठक्कर दिएको थियो । गम्भिर घाइते उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएको थियो ।
उपचारको क्रममा शुक्रबार राति ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका–२ खुल्लेकका २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्क...
तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि...
हातहतियारको होडबाजी विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७...
निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले...
चैत १९ गतेदेखि २९ सम्म एसईई परीक्षा हुने
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा स...
अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो माघ ११ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्...



