गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जीपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ। पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारीसाधन दक्षिणढोका निस्कन सहज हुन्छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ । मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ। अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शीतलहर बढेपछि कैलालीका विद्यालय एक हप्ता बन्द
काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा अत्यधिक चिसो र शीतलहर बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरभित्रका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। पुस २४ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द रहने नगरपालिकाले जनाएको छ।
बाक्ल...
गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग
काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।
चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...
दौरा सुरुवालमा दौडिएर जोशीले लेखाए गिनिज बुकमा नाम
काठमाडौँ । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै...
उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...
कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४(२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका...



