“सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी” सम्पन्न
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उदघाटन सत्रको कार्यक्रमको सुरुवात भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रुपमा यातायात रहेको भए तापनी सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताउनुभएको छ । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो ।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो । सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्युनीकरण लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबिच एकिकृत रुपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान- प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उदेश्य रहेको थियो ।
समापन सत्रका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कार्यशाला गोष्ठीले सडक प्रयोग एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाहरूबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य अनि सहजीकरणमा विशेष पहल कदमी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजालाई मायाको चिनो प्रदान गर्नुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्याउनु हुने Nepal Automobile Impoters And Manufacture Accociaton ( NAIMA ) का प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व...
हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना
कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट...
मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते
काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...



