आइतबार, १५ कात्तिक २०८३
नेपाली

सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता

Main News Image

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दा दायर गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६६ जारी भएपछि भने अर्थ मन्त्रालयमातहत रहने गरी विभागलाई यस्तो मुद्दा हेर्ने जिम्मेवारी दिइएको हो । सो मितिदेखि चालू आव ०८र८३ को ६ महिनासम्म एक सय २६ मुद्दा दर्ता गर्दा विभागले एक खर्ब दुई करोड रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।

चालू आवको ६ महिना भने विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध पाँचवटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा विभागले विभिन्न कसुरमा सम्बद्ध ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै आठ अर्ब ८१ करोड रुपैयाँबराबरको बिगो दाबी गरेको हो । ६ महिनामा पाँचवटा मात्रै मुद्दा दर्ता भए पनि चार सय ५८ वटा उजुरी–सूचना आएको विभागले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र...

काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी...

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६ सय भन्दा बढी जनशक्ति

काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी

काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि  सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...

चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल

रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...