अब उत्कृष्ट १,००० भित्रका संस्थाले मात्र नेपालमा शैक्षिक कार्यक्रम चलाउन पाउने
काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजहरूका लागि नयाँ र कडा योग्यता निर्धारण गरेको छ । नयाँ व्यवस्थाअनुसार अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयको सूचीभित्र परेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद्बाट हालै स्वीकृत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ बमोजिम अन्तर्राष्ट्रिय स्तरमा स्थापित र गुणस्तरीय विश्वविद्यालयहरूसँग मात्र शैक्षिक सहकार्य गर्न पाउने कानुनी बाटो खोलिएको हो । यसअघि विदेशी सम्बन्धनका लागि गुणस्तरका मापदण्डहरू अपेक्षाकृत रूपमा लचिलो रहेकामा अब भने सरकारले यसमा थप कडाइ गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्याएका हुन् ।
रथ ठट...
दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।
जिल्ला प्रहरी कार्यालय...



