आइतबार, १५ कात्तिक २०८३
नेपाली

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

Main News Image

काठमाडौँ । एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका बैंकको दाबी छ ।

बैंकका अनुसार बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् । यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै...

सुनको भाउ निरन्तर उकालो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य र...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैय...

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रत...

होर्मुज खुल्ने संकेतले घट्यो कच्चा तेलको मूल्य, अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । इरान र ओमानबिच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत मिलेको छ ।

दुवै पक्षका प्रतिनिधिहरूले सहमतिको सम्भावना देखाएपछि मध्यपूर्वमा...

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली ।  यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपल...