एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज एससीटीसँग लुप नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् ।
साथै, ग्राहकहरूले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआर मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई तुरुन्तै वित्तीय पहुँच प्रदान गर्दै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पु(याउनेछ । एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल...
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...
नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य...
महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा...
दुई दिनमा ११९ अंक घट्यो सेयर बजार !
मिडियाबाजी डटकम काठमाडौँ, चैत १६ । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घट...
सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं
रुषा थापा_________________
भक्तपुर । सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन् । घरजग्गा व्यवसायी तथा दलालहरु पनि घरजग्गाको मूल्य निकै घटेको बताउँछन् । पाँच वर्षअघि ठाउँअनुसार आना...


