मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

मंसिर महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसले कति घटाए ?

Main News Image

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि  निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ । बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ । यस्तै, सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतममा ४।७ प्रतिशत ब्याज दिने भएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतका दरले ब्याज दिएकोमा मंसिरमा भने  ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतका दरले घटाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

बागलुङ जोड्ने ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

बागलुङ ।  ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भए...

सम्पत्ति शुद्धीकरण विभागको प्रमुखमा निर्मल ढकाल नियुक्त

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् । विभागको उपमहानिर्देशकमा कार्यरत उनलाई महानिर्देशक बनाइएको हो ।

यसअघिका महानिर्देशक गजेन्द्रकुमार ठाकुर आर्थिक विवादमा मुछिएपछि उनलाई अर्थ मन्...

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

त्यस्त...

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतय...

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास : मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण

काठमाडौँ । बजारमा देखिएको खाना पकाउने ग्यास एलपी ग्यासको असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज  बुधबारदेखि देशभर पूर्ण तौल भरी सिलिण्डर को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीक...

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैय...