चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ । फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको छ । यससँगै औसत दर ०.०७ प्रतिशतविन्दुले घटेको हो ।
नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएपछि समग्र औसत दर घट्न पुगेको हो । बाँकी १४ बैंकले भने फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् । संस्थागत मुद्दति निक्षेपतर्फ पनि अधिकतम औसत ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाइएको छ ।
चैतका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको हो। त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्य ह्वात्तै बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हज...



