आइतबार, ०४ असोज २०८३
नेपाली

खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप

Main News Image

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा यो नयाँ वर्गीकरण तय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । यो पटक सम्झौतामा समेटिने खेलाडीहरूको संख्या बढाउनुका साथै सबै श्रेणीमा मासिक ५ हजार रुपैयाँ पारिश्रमिक वृद्धि गरिएको छ ।

यस वर्ष क्यानले कुल ६३ खेलाडी ३८ पुरुष र २५ महिलालाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । क्रिकेट इतिहासमै पहिलो पटक पुरुषतर्फ ‘ए प्लस’ श्रेणीको विशेष व्यवस्था गरिएको छ, जसमा एकदिवसीय टोलीका कप्तान रोहितकुमार पौडेल, टी–२० आईका कप्तान दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने मात्र समेटिएका छन् ।

‘ए प्लस’ मा परेका यी तीन खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस्तै, ‘ए’ श्रेणीमा रहेका कुशल भुर्तेल, सोमपाल कामी, करण केसी र आसिफ शेखले प्रतिमहिना १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ‘बी’ श्रेणीका खेलाडीलाई ७५ हजार र अधिकांश राष्ट्रिय ‘ए’ टोलीका सदस्यहरू रहेको ‘सी’ श्रेणीका खेलाडीलाई ५५ हजार मासिक तलब तोकिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।

एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...

काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...

लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...