खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा यो नयाँ वर्गीकरण तय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । यो पटक सम्झौतामा समेटिने खेलाडीहरूको संख्या बढाउनुका साथै सबै श्रेणीमा मासिक ५ हजार रुपैयाँ पारिश्रमिक वृद्धि गरिएको छ ।
यस वर्ष क्यानले कुल ६३ खेलाडी ३८ पुरुष र २५ महिलालाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । क्रिकेट इतिहासमै पहिलो पटक पुरुषतर्फ ‘ए प्लस’ श्रेणीको विशेष व्यवस्था गरिएको छ, जसमा एकदिवसीय टोलीका कप्तान रोहितकुमार पौडेल, टी–२० आईका कप्तान दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने मात्र समेटिएका छन् ।
‘ए प्लस’ मा परेका यी तीन खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस्तै, ‘ए’ श्रेणीमा रहेका कुशल भुर्तेल, सोमपाल कामी, करण केसी र आसिफ शेखले प्रतिमहिना १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ‘बी’ श्रेणीका खेलाडीलाई ७५ हजार र अधिकांश राष्ट्रिय ‘ए’ टोलीका सदस्यहरू रहेको ‘सी’ श्रेणीका खेलाडीलाई ५५ हजार मासिक तलब तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफ...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...
एसिसी प्रिमियर कप : नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा आयोजना हुनेछ ।
एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमने...
एसियन गेम्स क्रिकेट छनोट : फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७स्१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
<...दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...
राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य
काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...



