नेप्से २.२५ अंकले घट्यो, ५ अर्ब ५२ करोडको कारोबार
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ अंकमा झरेको छ ।
सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा ८ समूह घटेका छन् । आज रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६३ प्रतिशतले घटेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
२५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । कञ्चनपुर पुनर्वास नगरपालिकाका मा शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्तमले १० लाख रुपैयाँको करदाता प्रोत्सा...
नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
काठमाडौँ । एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।...
सालपा विकास बैंकको आईपीओ नतिजा हेर्नुभयो ?
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड...
सुनको मूल्यमा उच्च वृद्धि, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २०५ रुपैया...



