शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित

Main News Image

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाखको सेयर कारोबार भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लुम्बिनी विकास बैंकको सर्वाधिक १० करोड ३ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा सन नेपाल लाइफको ८ करोड २६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, सिटिजन्स बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १...

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाल...

बागलुङमा यस वर्ष २६ करोड ९० लाख बराबरको सुन्तला बिक्री

ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भ...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३...

नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा झरेको छ ।

दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात...