आइतबार, १५ कात्तिक २०८३
नेपाली

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

Main News Image

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो ।

इरानले यसअघि भारतलाई २-० र नेपाललाई ३-० ले हराउँदै शीर्ष स्थान हात पारेको थियो। सान्त्वना जितका लागि मैदानमा उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै भारतलाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा पनि साम्बाले नै निर्णायक प्रदर्शन गर्दै ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल थपिन्, जसलाई भारतीय गोलकिपरले रोक्न सकिनन्।

८१औं मिनेटमा भारतका करिश्मा सिरभोकरले निर्मला देवीको फ्रिकिकमा आएको बललाई बाउन्स हुँदै प्राप्त गरी गोल फर्काइन्। तर, उक्त गोल बराबरीका लागि पर्याप्त रहेन र नेपालले २–१ को जित आफ्नो नाममा दर्ता गर्‍यो।

भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन्। उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन्। समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन्। पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो। त्यसअघि भारत इरानसँग २९० ले पराजित भएको थियो। नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो।

mediabaaji add

सम्बन्धित खबर

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्...

१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...

स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।

स्कटल्य...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको १४०...

युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको ल...

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...