साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित
काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो ।
इरानले यसअघि भारतलाई २-० र नेपाललाई ३-० ले हराउँदै शीर्ष स्थान हात पारेको थियो। सान्त्वना जितका लागि मैदानमा उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै भारतलाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा पनि साम्बाले नै निर्णायक प्रदर्शन गर्दै ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल थपिन्, जसलाई भारतीय गोलकिपरले रोक्न सकिनन्।
८१औं मिनेटमा भारतका करिश्मा सिरभोकरले निर्मला देवीको फ्रिकिकमा आएको बललाई बाउन्स हुँदै प्राप्त गरी गोल फर्काइन्। तर, उक्त गोल बराबरीका लागि पर्याप्त रहेन र नेपालले २–१ को जित आफ्नो नाममा दर्ता गर्यो।
भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन्। उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन्। समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्याएकी छिन्। पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो। त्यसअघि भारत इरानसँग २९० ले पराजित भएको थियो। नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...
मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा...
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...
एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...
दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...



