शनिबार, ०३ असोज २०८३
नेपाली

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

Main News Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।

सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रनआउट भएपछि नेपाल दबाबमा परेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

एन‌ओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ‌‌‌‌ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एन‌ओसीले  विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...

टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा...

सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७...

ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार

काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।

नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...

चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राख...

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...