राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
काठमाडौँ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य ९एसडिजी० कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...
निर्वाचन आयोगद्वारा उम्मेदवारलाई ताकेता : बैंक खाता खोल्न ढिला नगर्नू
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवारहरूलाई बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न ताकेता दिएको छ । आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सबै उम्मेदवारलाई आफ्ना निर्वाचन खर्च पारदर्शी गर्न यही खाताबाट खर्च गर्नुपर्ने भएकाले बाँकी रहेका...
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता
काठमाडौँ । चीन भ्रमणमा रहनुभएका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना पिबिओसीका गभर्नर फान कोङसङबीच आज भेटवार्ता भएको छ ।
चीनको थियानचिनमा ‘बैङ्क फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्या...
नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...



