इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि चार रनको बेहोर्ने क्रममा अनपेक्षित प्रदर्शन गरेकाले बढी नै अपेक्षा गरिएको नेपालले इटालीसँग भने १० विकेटको हार बेहोरेको हो ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । आरिफ शेखले २४ बलमा २७ तथा कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाएको इनिड्समा आसिफ शेखले २० तथा करण केसीले १८ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोड्न सकेनन् । क्रिशान कालुगमानेले ३ विकेट लिए ।
जवाफमा इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । एन्थोनि मोस्काले ३२ बलमा ६२ तथा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे । बलिङतर्फ कुनै पनि खेलाडीले सम्झनयोग्य बलिङ गरेनन्। भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको यो खेल हारेसँगै जोशका साथ खेल हेर्न पुगेका नेपाली प्रशंसक निराश भएर फर्केका छन् ।
यसअघि इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ । नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी(२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।
...
कतारद्वारा स्विट्जरल्याण्डलाई रोक्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक हासिल
काठमाण्डौँ । सान्ता क्लारा अमेरिका फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै कतारले विश्वकपको इतिहासमा पहिलो पटक अंक हासिल गर्न सफल भएको छ । लेभीज स्टेडियममा सम्...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...
महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।
य...
एनओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...
त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ ९क्यान०लाई ३५ दिने अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।...



