शनिबार, २० भदौ २०८३
नेपाली

नेपालमा जन्मदर घट्दो, बजारमा भारतीय बढ्दो !

Main News Image

काठमाण्डौँ । सरकारको नारा छ,‘सानो परिवार, सुखी परिवार ।’ अहिले घरघरमा यो नारा लागू भएको देखिन्छ । दुईटा भन्दा बढी सन्तान पाउन छोडिएको छ । बढीमा दुईटा, नत्र एउटा । जसले गर्दा पछिल्लो वर्ष नेपालमा जन्मदर घट्दै गएको छ । पहिलेपहिले नेपालमा धेरै सन्तान जन्माउने प्रचलन थियो ।  ‘सन्तानले डाँडाकाँडा ढाकोस्’,‘सन्तान नै सम्पत्ति’ भनिन्थ्यो । २०४६ सालपछि यसमा परिवर्तन आयो । सरकारले नै बढीमा दुईटा सन्तान पाऊँ, सुखी परिवार बनाऊँ भन्यो । त्यसपछि जनताले सन्तान पाउन छोडे । अहिले अधिकांशको एउटा मात्रै सन्तान छन् । उनीहरु पनि नेपालमा बस्दैनन् । 

पछिल्लो समय मुलुकमा ढिलो विवाह गर्ने उमेर समूह बढ्दै गएको छ । विवाह नै नगरिकन बस्ने ट्रेण्ड पनि शुरु भएको छ । विवाह गरेपनि सन्तान नपाउने दम्पत्तीहरु पनि छन् । यसले मुलुकको जनसंख्यामा व्यापक असर पुर्याइरहेको छ । एकातिर जन्मदर घटिरहँदा अर्कोतिर बुढ्यौली लाग्ने बढिरहेका छन् । 

देशमा जनसंख्या घट्दो अवस्थामा छ । जनताले सन्तान जन्माउने रुचि छोडिरहँदा बाढीपहिरो, सवारी दुर्घटनालगायतका घटनामा धमाधम जनता मरिरहेका छन् । रसुवाको भोटेकोशी हुँदै आएको बाढीमा १२ सय बढीको शव भेटिसकेको छ । सवारी दुर्घटनामा दैनिक दर्जनौंले ज्यान गुमाउँछ । महामारी आउँछ, जनता नै मर्छन् । उसैपनि जन्मदर घटिरहेको अवस्थामा विपद्, रोग, दुर्घटनाले जनसंख्या घटाइरहेको छ । धेरै मुलुकले जन्मदर बढाउन विभिन्न कार्यक्रम सार्वजनिक गरिरहेका छन् । केही वर्षपछि नेपालमा पनि सोही अवस्था आउने सम्भावना देखिएको छ । 

सरकारले विवाह गर्न २० वर्ष कटेको हुनुपर्ने व्यवस्था गरेको छ । तर, नागरिकता १६ र पासपोर्ट १८ वर्षको उमेरमा दिन्छ । पासपोर्ट बन्नेबित्तिकै सबै विदेश लागिहाल्छन् । पहिलो त अधिकांश विदेशबाट फर्किँदैनन् । फर्किहालेकाले पनि एउटा उमेर कटिपछि बिहे नै गर्दैनन् । 

यो प्रवृत्तिले नेपालको जनसंख्या वृद्धिदरमा असर पुर्याएको छ । कति जनता जेलमा छन् । कलिलै उमेरमा जेल पुगेका तिनको न विवाह हुन्छ न सन्तान । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमध्ये कतिले नेपाली नागरिकता त्यागिसकेका छन् । 

उनीहरु विदेशी बनेका छन् । वैदेशिक रोजगारीमा गएका कतिको लाश फर्किएको छ । कति रोगले मरे । कति कुलतमा फसेर जेल पुगे । कति विवाह नै नगरिकन बसे । यस्तो गम्भीर विषयलाई सरकारले अनदेखा गरिरहेको छ । जनता के हो ? सरकारले बुझेन । सन्तानको महत्व के हो ? अभिभावकले बुझेनन् । 

अष्ट्रेलियाले नेपाली पनि लग्यो, पैसा पनि । अर्काको देशको नागरिक लगेर अष्ट्रेलियाले आफ्नो देश बनाएको छ । जनशक्ति भनेको के रहेछ ? यो अष्ट्रेलियाको सरकारले मात्र बुझ्यो । नागरिकलाई अर्काको देश पठाएर सरकार र अभिभावकले आफ्नो देशमाथि अन्याय गरेका छन् । 

भएको एउटा सन्तान पनि विदेश पठाएका छन् । बिरामी पर्दापनि सन्तान साथमा हुँदैनन् । योभन्दा दुःखको कुरा के होला । जनता देश विकास गर्ने शक्ति हो । एउटा जनता उत्पादन गर्न सरकारको ठूलो लगानी लागेको हुन्छ । अभिभावकले पनि धेरै मेहिनेत गरेका हुन्छन् । पढाएर, हुर्काएर एउटा दक्ष जनशक्ति बनाएपछि उनीहरु विदेश लाग्छन् । 

उनीहरु फर्किएर आउँदैनन् । तिनमा गरेको लगानी वालुवामा पानी हुन्छ । भारत सरकारले सन्तान जन्माउनमा कुनै रोकतोक गरेको छैन । चीनमा एउटाबाट दुईटा बनाइएको छ । पहिले चीनमा एउटा मात्र सन्तान जन्माउन दिन्थ्यो । सो व्यवस्थापछि धेरैले सन्तान नै जन्माउन छोडे । 

युवा समूह घट्दै र बुढो हुनेहरु बढ्दै गएपछि चीन सरकारले संख्या बढायो । केही देशले धेरै सन्तान जन्माउनेलाई सम्मान गर्ने र पालनपोषणको सम्पूर्ण खर्च व्यहोर्ने नीति पनि ल्याएको छ । तर, नेपाल सरकारले यो कुरा बुझेन । आन्दोलन हुन्छ, जनता नै मर्छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा कतिपयले भएको एउटा सन्तान गुमाए । 

ती अभिभावकलाई कति पीडा भयो ? कमसेकम अर्को सन्तान भएको भए, उनीहरुले चित्त त बुझाउँथे । उनीहरुको बुढेसकालको सहारा खोसिएको छ । नेपालीले जनता जन्माउन चासो नदेखाउँदा बजारमा भारतीयको दबदबा भएको छ । घर बनाउनेदेखि वर्कसपमा काम गर्ने सबै भारतीय छन् । 

फलफूल पसल, तरकारी पसल, मिठाई पसल, लुगा पसललगायतका व्यवसायमा भारतीयको बिगबिगी छ । मिठाई पसल त सबै भारतीयले सञ्चालन गरेका छन् । पानीपुरी बेच्नेमा पनि भारतीय नै छन् । सडकमा बोतल उठाउनेहरु पनि भारतीय नै छन् । घरघरमा कबाडी संकलन गर्न पनि भारतीय नै आउँछन्् । 

नेपाली सन्तान नजन्माउने, भएको एउटा पनि विदेश पठाउने अनि भारतीयले बजार कब्जा गर्ने । तर, राज्यको यसमा आँखा गएको छैन । राज्यले सबै नागरिकलाई विवाह गर्न प्रोत्साहन गर्नुपर्छ । सन्तान नै धन हो भनेर बुझाउनुपर्छ । जनताले किन विवाह गरेका छैनन् ? कारण राज्यले खोज्नुपर्छ । 

बुढापाकाले भन्थे,‘जसको सन्तान उसको धन, जसको भैसी उसको वन ।’ पहिलेका जनताले नपढेपनि बुझेका थिए । पाल्न गाह्रो हुन्छ भनेर जनता सन्तान जन्माइरहेका छैनन् । राज्यले पढाउने, उपचारलगायतको व्यवस्था गरिदिनुपर्छ । जनता भनेको आम्दानीको स्रोत हो । जनताले राज्यलाई कर तिर्छ, राज्यकोषमा पैसा आउँछ । 

भोलि आफ्नो भूभागमाथि केही भइहालेमा जनता त चाहियो । जनताले नै हो लड्ने । त्यसैले सरकारले विवाह गर्न र सन्तान जन्माउनमा आम नागरिकलाई प्रोत्साहन गर्नुपर्छ । सन्तान भनेको के हो ? यसको उद्धाहरण हो एउटै बुवाआमाको तीनटा सन्तान प्रधानमन्त्री हुनु । 

मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र बिपी कोइराला । अहिले नेपालीमा ‘हामीले बुवाआमालाई के गरेका छौं र हाम्रा लागि छोराछोरीले गर्छन् ?’ भन्ने मानसिकता विकास हुँदै गएको छ । नेताहरुले नै विवाह गरेका छैनन् । तिनको सिको जनताले सिक्दै गएका छन् । नेताहरु नै ‘बिहे गरेर के हुन्छ र ?’ भन्छन् । 

बिहे गरेर सन्तान जन्माएपछि वंश अगाडि बढ्छ । राज्यको आम्दानी हुन्छ । देश बनाउने जनशक्ति उत्पादन हुन्छन् । आफ्नो लागि भनेर मात्र सन्तान जन्माउने होइन । देशको लागि जन्माउने हो । भोलि त्यही सन्तान देशको प्रधानमन्त्री बन्न सक्छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिला सन्तान जन्माऊँ अनि विदेश जाऊँ भनेका थिए । 

नेपालमा घट्दो जन्मदरलाई लिएर उनले यसो भनेका थिए । अहिलेको सरकारले यो कुरा बुझ्न आवश्यक छ । देशमा नागरिक घट्दै गएका छन् । सरकारले पहिले विवाह गरेर विदेश जाने व्यवस्था गर्नुपर्छ । सरकारले जनताको हरेक दायित्व लिन्छ भनेमा देशमा जन्मदर बढ्न सक्छ । 

mediabaaji add

सम्बन्धित खबर

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...

भाडादेखि पानी, बिजुली, फोहोर र पार्किङ्गमा ठग्दै घरधनी, शुल्क तोक्न तीनै तहको सरकारको आनाकानी !

अनुसा थापा____

भक्तपुर । सरकारले उपभोक्ताबाट उठाइने बिजुलीको पैसा तोकेको छ । प्रतियुनिट नेपाल विद्युत प्राधिकरणले घरधनीबाट ९ रुपैयाँ ४० पैसा लिने गरेको छ । सरकारलाई ९ रुपैयाँ ४० पैसा तिर्ने घरधनीहरुले डेरावाललाई विद्युत व्यापार गरिरहे...

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।

आयुक्त थाप...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल

काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

महलजस्तो घर, शरीरभरि गरगहना तर ग्यास नहुँदा भोकभोकै !

रुषा थापा

भक्तपुर । चार दशकअघि मुलुक हरेकजसो वस्तुमा आत्मनिर्भर थियो । खाद्यान्नदेखि काठसम्म हामी आफैंसँगै पुग्दो हुन्थ्यो । हरेक मानिससँग खेतबारी वा जग्गा थियो । आफूलाई चाहिने अन्न वा तरकारी आफैं उत्पादन गर्थे । त्यतिबेला अहिलेजस्तो खाना पक...

वित्तिय पीडितहरु महिनौंदेखि सडकमा, सरकार भने दुर्गा प्रसाईंतिर व्यस्त !

रुषा थापा_____

भक्तपुर । लघुवित्त पीडितहरुको आन्दोलन जारी छ । महिनौंदेखि उनीहरु राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा धर्ना दिइरहेका छन् । उनीहरुको पीडा सहिनसक्नु छ । जायजेथा सबै गुमाएपछि उनीहरु सडकमा उत्रिएका हुन् । विडम्बना, सरकार...