मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।
सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ
काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
अदालतमा हाजि...
वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टो...
ट्याक्टरमा लोड गरिएको ५ सय किलो गाँजासहित ९ जना पक्राउ
काठमाण्डौँ । भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका ९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय...
यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी
काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर...
गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।



